site stats
बाह्रखरी :: Baahrakhari
देश
जग्गासम्बन्धी विवादमा दाइको हत्या अभियोगमा भाइ पक्राउ
प्रतीकात्मक तस्बिर

नुवाकोट । जग्गासम्बन्धी विवादमा नुवाकोटको किस्पाङ गाउँपालिका–५, मानेगाउँमा भाइले दाजुको हत्या गरेको अभियोग लागेको छ । ७१ वर्षीय खमसिंह तामाङको हत्यामा उनकै भाइ ६७ वर्षीय सिंहबहादुर तामाङको संलग्नता रहेको अभियोगमा जिल्ला प्रहरी कार्यालय नुवाकोटले बुधबार नियन्त्रणमा लिएको हो ।

सोमबार साँझ धारिलो हतियार (खुकुरी) प्रहारबाट हत्या भएको खमसिंहको मृत्यु जग्गासम्बन्धी विवादमा उनकै भाइबाट भएको पाइएकाले सिंहबहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

Argakhachi Cement Island Ad

उनका अनुसार जग्गासम्बन्धी लामो समयदेखि कायम विवाद, घटनास्थलको प्रारम्भिक प्रतिवेदन र घटनाका सम्बन्धमा अभियुक्तबाट स्वीकार गरेको बयानका आधारमा दाजुको हत्या अभियोगमा भाइलाई कारबाहीका लागि नियन्त्रणमा लिइएको हो । उनी यसअघि पनि हत्या मुद्दामा दोषी ठहर भएर कैद भुक्तानपश्चात् छुटेका व्यक्ति भएकाले पटके भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सिंहबहादुरलाई कर्तव्य ज्यान मुद्दामा कारबाहीका लागि न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्नलाई अनुमति लिन बुधबार जिल्ला अदालतमा उपस्थित गराउने नुवाकोट प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १४:१८
प्रतिक्रिया दिनुहोस्