विदेश
भ्याटिकन सिटी । इसाई धर्म गुरु पोप फ्रान्सिसले समलिंगीका सम्बन्धमा राखेको पछिल्लो धारणाबारे माफी मागेका छन् । भ्याटिकनबाट जारी गरिएको एक वक्तव्यमा पोपको चाहना कसैलाई ठेस पुर्याउने नभएको र जो उनका शब्दबाट दुखी भएका छन् उनीहरुसँग माफी मागेको जनाइएको छ ।
एक इटालियन बिसप कन्फेरेन्सममा पोपले समलिंगीलाई पादरी बनाउन तालिम दिन नहुने बताएको समाचार सार्वजनिक भएको थियो । उनले गोप्य बैठकमा सो कुरा राखेको भए पनि मिडियामा व्यापक रूपमा चर्चा भएको थियो । बीबीसी
प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१ १०:०५
प्रतिक्रिया दिनुहोस्