site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एनसेलद्वारा अनुमति पत्र नवीकरणका लागि निवेदन, ४ अर्ब तिरेर किस्ता सुविधा माग

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो अनुमतिपत्र (लाइसेन्स) नवीकरणको शुल्क किस्तामा तिर्नेगरी अनुमति दिन सरकारलाई माग गरेको छ ।

एनसेलले सोमबार (हिजो) नियामक निकायलाई लाइसेन्स नवीकरणका लागि निवेदन दिँदै ४ अर्ब रुपैयाँ समेत बुझाएको छ ।

एनसेलले आउँदो भदौ १६ मा लाइसेन्स नवीकरण अवधि सकिनुभन्दा तीन महिनाअघि नै कानुनी प्रावधानअनुसार नेपाल दूरसञ्चार प्राधिकरणलाई निवेदन दिएको हो ।

जीएसएम सेलुलर मोबाइल सेवाको लाइसेन्स नवीकरण शुल्क २० अर्ब रुपैयाँ रहेको छ ।

यति ठूलो रकम एकैपटक तिर्न नसकिने भएपछि यसअघि सरकारले एनसेल र नेपाल टेलिकम दुवैका लागि किस्तामा शुल्क बुझाउने व्यवस्था गरिदिएको थियो । एनसेल र टेलिकमको आम्दानी नै निरन्तर घट्दो क्रममा छ ।

त्यसैले विगतमाझैं अहिले पनि किस्तामा नवीकरण शुल्क तिर्ने गरी व्यवस्था गरिदिन माग गर्दै एनसेलले प्राधिकरणलाई निवेदन दिएको हो ।

“समग्र दूरसञ्चार क्षेत्रको आयमा आएको गिरावटबाट पिल्सिइरहेको बेलामा एनसेलले हाल ४ अर्ब रुपैयाँ तिरेर बाँकी १६ अर्ब रुपैयाँ आउँदो ४ वर्षमा तिर्नका लागि प्राधिकरण र सरकारसँग किस्तामा तिर्ने व्यवस्थाका लागि निवेदन गरेको छ,” स्रोतले जानकारी दिँदै भन्यो ।

विगतमा मन्त्रिपरिषद्को निर्णयबाट दूरसञ्चार कम्पनीहरुलाई किस्ता सुविधा प्रदान गरिएको थियो ।  यसपटक पनि सरकारले त्यस्तै निर्णय गर्ने अपेक्षा कम्पनीले गरेको छ । हालसम्म भने एनसेलको तेस्रो नवीकरण शुल्कबारे सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र मन्त्रिपरिषद्ले कुनै निर्णय गरिसकेको छैन ।

गत वैशाखमा २५ वर्षे लाइसेन्स अवधि सकिएपछि नेपाल टेलिकमको लाइसेन्स भने सरकारले २१ करोड रुपैयाँ शुल्क लिएर पाँच वर्षका लागि नवीकरण गरिदिएको छ । अहिले टेलिकम क्षेत्र संकटग्रस्त अवस्थामा रहेको सरोकारवालाहरुको स्वीकारोक्तिका बेला एनसेलको नवीकरण शुल्क तिर्न सरकारले किस्ताको व्यवस्था गर्ने अपेक्षा गरिएको छ ।

दूरसञ्चार ऐन, २०५३ अनुसार जीएसएम सेलुलर मोबाइल सेवाको लाइसेन्स अवधि २५ वर्षको हुन्छ ।  तर लाइसेन्स प्राप्त गर्दा बढीमा दश वर्ष र त्यसपछि एक पटक पाँच वर्षका लागि मात्रै नवीकरण गर्न मिल्छ ।  सोही अनुसार एनसेलको लाइसेन्स अवधि २०८६ सालमा सकिनुअघि अहिले अन्तिमपटक पाँच वर्षका लागि नवीकरण गर्न लागेको हो ।
 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १५:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro