site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
पपुवा न्युगिनीमा पहिरोमा ‘दुई हजार मानिस पुरिए’ (तस्बिरहरू)
तस्बिर : एपी ।

पोर्ट मोरेस्बी । पपुवा न्युगिनीले संयुक्त राष्ट्रसंघलाई एंगा प्रान्तको दुर्गम पहाडी इलाकास्थित एउटा गाउँमा शुक्रबार गएको भीषण पहिरोमा पुरिएका व्यक्तिको संख्या दुई हजारभन्दा बढी रहेको जानकारी गराएको छ ।

देशको राष्ट्रिय विपद् केन्द्रले राजधानी पोर्ट मोरेस्बीस्थित संयुक्त राष्ट्रसंघको कार्यालयलाई सोमबार गराएको जानकारीअनुसार, शुक्रबार बिहान करिब ३ बजे गाउँले सुतिरहेको अवस्थामा पहिरो गएको र दुई हजारभन्दा बढी व्यक्ति जीवितै पुरिएका हुन् । मुंगालो पर्वतको एउटा ठूलो भाग भत्कँदा सयौँ घरहरू पुरिएपछि ठूलो संख्यामा स्थानीयको मृत्यु भएको छ ।

पहिरोले भवन, खाद्यान्न बगैँचामा व्यापक क्षति पुर्‍याएको र यसले मुलुकको अर्थतन्त्रमा नै ठूलो असर पारेको विपद् कार्यालयले जनाएको छ ।

Dabur Nepal
NIC Asia

p2-1716805378.jpg
पहिरोका कारण पोर्गेरा खानी जाने मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको राष्ट्रसंघका अधिकारीलाई सोमबार बिहान प्राप्त पत्रमा उल्लेख छ । “भूस्खलन क्रमिक रूपमा सर्ने क्रम जारी रहेकाले स्थिति अस्थिर रहेको र यसले उद्धार टोली र बाँचेका दुवैका निम्ति निरन्तर खतरा उत्पन्न गरेको छ,” पत्रमा उल्लेख छ ।

पत्रमार्फत पपुवा न्युगिनीका विकास साझेदार र अरू अन्तर्राष्ट्रिय ‘मित्र’लाई पछिल्लो अवस्थाबारे जानकारी दिन राष्ट्रसंघलाई आग्रह गरिएको छ । विपद् केन्द्रमार्फत सहयोगको समन्वय गरिदिन समेत आग्रह गरिएको छ । रासस/एएफपी

p3-1716805407.jpg

p4-1716805407.jpg

p5-1716805407.jpg

p6-1716805407.jpg

p9-1716805917.jpg

p7-1716805916.jpg

p8-1716805916.jpg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १६:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro