site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
विराट कोहलीले जिते ‘ओरेन्ज क्याप’, नारिन सर्वोत्कृष्ट खेलाडी 

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ ले नयाँ विजेताको रूपमा कोलकाता नाइट राइडर्सलाई पाएको छ । आइतबार राति भएको फाइनलमा सनराइजर्स हैदराबादविरुद्ध आठ विकेटको सहज जित निकाल्दै कोलकाता तेस्रोपटक आईपीएल च्याम्पियन बनेको हो । 

कोलकाताले यसअघि सन् २०१२ र २०१४ मा आईपीएल जितेको थियो । प्रतियोगिताले नयाँ विजेता पाउँदा प्लेअफबाट बाहिरिएको रोयल च्यालेन्जर्स बेंगलोरका ब्याटर विराट कोहली आईपीएल–२०२४ को ‘ओरेन्ज क्याप’ जित्ने खेलाडी बनेका छन् ।

Dabur Nepal
NIC Asia

प्रतियोगितामा सबैभन्दा धेरै रन बनाउने खेलाडीले पाउने ‘ओरेन्ज क्याप’ जितेका विराटले १५ इनिङ्समा ७४१ रन बनाए । यसक्रममा कोहलीले एक शतक र पाँच अर्धशतक बनाए । ‘पर्पल क्याप’ जितेका पञ्जावका हर्षल पटेलले १४ इनिङमा २४ विकेट लिए । ‘पर्पल क्याप’ प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिने खेलाडीले पाउँछन् । कोलकाता नाइट राइडर्सका अलराउन्डर सुनिल नारिन प्रतियोगिताको सबैभन्दा उत्कृष्ट खेलाडी बने । 

प्रतियोगिताभर ब्याट र बल दुवैतर्फ जमेका नारिनले १४ इनिङमा एक शतक र तीन अर्धशतकसहित ४८८ रन र १७ विकेट लिए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १२:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro