site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसद्‌मा प्रतिपक्षीलाई बन्देज गरियो : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसद्‌मा प्रतिपक्षको कुरा बन्देज गरेको बताएका छन् । सोमबार नेपाल विद्यार्थी संघ आयुर्वेद क्याम्पस इकाइ समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्रतिपक्षको कुरा सुन्दै नसुनी सत्तापक्ष अगाडि बढेकोमा आक्रोश पोखे । उनले कांग्रेसलाई कुनै पनि राजनीतिक दलले संसदीय व्यवस्थाका बारेमा सिकाउन जरूरी नभएको बताए । 

“संसदीय व्यवस्थामा संसद् प्रतिपक्षको भन्ने गरिन्छ । तर, यहाँ सत्तापक्षले प्रतिपक्षको कुरालाई सुन्दै नसुनिकन अगाडि बढ्न खोजेको छ,” उनले भने । 

कार्यक्रममा बोल्दै नेता कोइरालाले जनताले दुःख गरेर सहकारीमा राखेको जनताको पैसा हिनामिना हुँदा पनि सरकार मूकदर्शक बनेर बसिरहेको बताए । उनले कांग्रेसले सहकारीपीडित र जनताको समस्यालाई संसद् र सडकबाट उठाएको बताए । 

नेता कोइरालाले छिटोभन्दा छिटो सहकारी ठगीमा छानबिन समिति बनाएर अगाडि बढ्न सरकारलाई आग्रह गरे । उनले पछिल्लो समय चारैतिर अराजगताले देशलाई घेरिरहेको भन्दै यसलाई सही दिशामा अगाडि बढाउनुपर्ने बताए । उनले नेपाली कांग्रेसलाई सरकारमा जाने हतारो नभएको भन्दै कांग्रेसले सत्ताभन्दा पनि देशलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने स्पष्ट पारे ।  

“राजनीतिक स्थायित्व, आर्थिक विकास र सुशासन मेरो अभियान हो, यसलाई अगाडि बढाउन म दृढताका साथ लाग्नेछु,” उनले भने ।

उनले लोकतान्त्रिक गणतन्त्रको विकल्प विश्वमा अरु व्यवस्था नभएको बताए । नेता कोइरालाले संविधानमा भएको कमी कमजोरीलाई समाधान गर्दै अगाडि बढ्नुपर्ने धारणा राखे । साथै उनले नेपालमा आयुर्वेदिक शिक्षाको महत्व दिन प्रतिदिन बढ्दै गएको बताए । राज्यले आयुर्वेदिक विज्ञानलाई जसरी अगाडि बढाउनुपर्ने हो त्यो बढाउन नसकेको उनको भनाई थियो ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  ११:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro