site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सगरमाथा चढेर फर्कने क्रममा हराएका बेलायती र नेपाली तिब्बततिर खसेकाले खोज्न मुस्किल
फाइल तस्बिर

काठमाडौं । सगरमाथाको आरोहण गरेर फर्कने क्रममा ६ दिनअघि एक बेलायती नागरिक र एक नेपाली शेर्पा गाइड हराइरहेकोमा खोज्ने कार्य सकसपूर्ण भएको एक नेपाली अधिकारीले जानकारी दिएका छन् ।

एकदमै हाइअल्टिच्युडका कारण र सगरमाथाको चिनियाँ साइडमा उनीहरू लडेको अनुमान गरिएकाले खोजी टोली पठाउन थप संयोजनको आवश्यकता रहेको नेपाली अधिकारीको भनाइ रहेको छ ।

Dabur Nepal
NIC Asia

घटनामा ४० वर्षीय बेलायती नागरिक डेनियल पाउल प्याटर्सन र स्थानीय गाइड २३ वर्षिय पास तेन्जी गएको मंगलाबारदेखि सगरमाथाको चुचुरोबाट फर्कने क्रममा हराइरहेका छन् ।

बेस क्याम्पमा पर्वतारोहीको अनुगमन गर्ने अधिकारी खिमलाल गौतमले उनीहरू दुवै हिलारी स्टेपको फेद (करिब ८८०० मिटर)बाट तिब्बततर्फको कान्ग्सुुङ तर्फबाट खसेकोले खोजतलास गर्न सम्भव नभएको जनाएका छन् । सो क्षेत्र चीन नियन्त्रित क्षेत्र हो । एबीसी न्युज
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १०:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro