site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मुलुकको सूचना बेच्ने मान्छेलाई तत्काल समाउनुपर्‍यो : शाही
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले मुलुकको सूचना बाहिर बेच्ने व्यक्तिलाई तत्काल पक्राउ गरिनुपर्नेमा जोड दिएका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा आइतबार सञ्चारकर्मीसँग उनले सूचना बेच्ने मानिसलाई पक्राउ गर्न गृहमन्त्री रवि लामिछानेलाई आग्रह गरेका हुन् ।

उनले गृहमन्त्रीले संसद्‌मा उभिएर मुलुकको सूचना बेच्ने व्यक्तिका बारेमा जानकारी रहेको अभिव्यक्ति दिएको भन्दै तत्काल पक्राउ गरी कारबाही गर्न आग्रह गरे । गृहमन्त्रीले काम गर्न संंसद् कुर्नु नपर्ने उनले उल्लेख गरे ।

“गृहमन्त्री रवि लामिछानेले मुलुकको सूचना बाहिर बेच्ने मान्छेलाई तत्काल समाउनुपर्‍यो । त्यस्तो मान्छे समाउन ढिला भयो । गृहमन्त्रीले काम गर्न संसद् कुर्नुपर्छ भन्ने हुँदैन,” उनले भने, “गृहमन्त्रीज्यूलाई अनुरोध के छ भने संसद्‌मा सूचना बेच्ने मानिस थाहा छ भन्नुभएको छ, उहाँलाई पक्राउ गरिहाल्नुपर्‍यो । बोल्नु भएन, बोलेपछि पक्राउ गर्नुपर्‍यो । चारवटा फाइल खोल्ने भन्नुभएको थियो । फाइल भ्याटभ्याट खोलिहाल्यौँ । छानबिन समिति बनाऔँ ।” न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १६:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement