site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
तीन प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत वृद्धिभन्दा माथि हुने
SkywellSkywell

काठमाडौं । चालु आर्थिक वर्षको अन्त्यसम्ममा तीन प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत वृद्धिभन्दा माथि हुने अनुमान गरिएको छ । अर्थमन्त्री वर्षमान पुनले आइतबार प्रतिनिधिसभा बैठकमा आर्थिक सर्वेक्षण २०८०/८१ को संक्षिप्त विवरण प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्र ३.९ प्रतिशतले वृद्धि हुने मन्त्री पुनले बताए । तर, प्रदेशगत रूपमा गण्डकी, वाग्मती र लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत वृद्धिभन्दा माथि रहने अनुमान गरिएको उनले बताए ।

Dabur Nepal
NIC Asia

फागुनसम्म कुल लगानी २.८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब ४८ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको उनको भनाइ छ ।

यस्तै, चालु आर्थिक वर्षमा प्रतिव्यक्ति आय एक हजार ४५६ अमेरिकी डलर पुग्ने अनुमान गरिएको पनि उनले उल्लेख गरे ।

राजस्व परिचालनमा क्रमशः सुधार हुँदै गएको उनको भनाइ छ । फागुनसम्म संघीय सरकारको खर्च २.९ प्रतिशतले वृद्धि भएर आठ खर्ब एक अर्ब ५८ करोड रुपैयाँ पुगेको पनि उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १२:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu