site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रचण्डसँगको भेटमा देउवाले भने– सहकारीपीडितलाई न्याय दिने कुरामा कांग्रेस चुक्दैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आइतबार भेट भएको छ । देउवा निवास बूढानिलकण्ठमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले सदनमा देखिएको गतिरोध र अहिलेको राजनीतिक गतिरोध अन्त्य गरेर अघि बढ्न अनुरोध गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बाह्रखरीलाई जानकारी दिए । 

जवाफमा सभापति शेरबहादुर देउवाले आफूहरूले उठाएको माग जायज भएको र सहकारीपीडितलाई न्याय दिने कुरामा कांग्रेस नचुक्ने भन्दै कांग्रेसको माग पूरा गर्न अनुरोध गरेको लेखकले बताए । 

“अब शीर्ष नेताहरूको बैठक बस्दैन । कांग्रेसले आज पनि सदनमा आफ्नो विरोध जारी राख्छ र आज हुने सडक प्रदर्शन पनि गर्नेछ,” उनले भने । 

सरकारले नीति तथा कार्यक्रम पास गर्ने कार्यतालिका सदनमा ल्याएको छ नि भन्ने प्रश्नमा उनले आफूहरूले माग सम्बोधन नहुन्जेलसम्म विरोध जारी राख्ने बताए । बाँकी कुराको जवाफदेही सरकार नै हुने उनको भनाइ थियो । 

कांग्रेसले आज विरोध प्रदर्शन गर्ने र सहकारीका बचतकर्तालाई न्याय दिने कुरामा कांग्रेस तलमाथि नहुने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १०:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro