site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सहकारी प्रकरणमा कांग्रेसले राख्यो नयाँ प्रस्ताव 
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको बचत हिनामिनाको छानबिनबारे नयाँ प्रस्ताव अघि सारेको छ । सहकारीको बचत अपचलनबारे छानबिन गर्न बनाउने भनिएको संसदीय समितिको कार्यादेश तयार गर्न गठित कार्यदलको बैठकमा कांग्रेसले नयाँ प्रस्ताव गरेको हो ।

शुक्रबार सिंहदरबारमा बसेको बैठकमा सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको विषयमा छानबिन गर्ने गरी समिति बनाउनुपर्ने माग गरिएको कांग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।

“विभिन्न सहकारीबाट गोरखा मिडिया नेटवकर्स प्रालिमा जुन रकम सहकारीबाट गएको छ, उक्त रकमको अपचलनमा माननीय उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने समेतको संलग्नता भएको भन्ने प्रमुख विपक्षी दलले आवाज उठाएको हुनाले उक्त विषयमा छानबिन गर्नका लागि छानबिन समिति बनाउने भन्ने हामीले उठाएका छौँ,” उनले नयाँ प्रस्तावबारे भने ।

यस्तै, सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीका विषयमा अध्ययन गरेर के कस्तो अवस्थामा छन् भन्ने बारेमा सुझाव दिने कार्यादेश हुनुपर्ने कांग्रेसको माग छ ।

गोरखा मिडिया नेटवर्क्स प्रालिलगायत कम्पनीमा भएको रकम अपचलनका विषयमा पनि अनुसन्धान गरेर सहकारीका सञ्चालक, सञ्चालक समिति, प्रबन्ध निर्देशक, व्यवस्थापकलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने भनाइ राखेको उनले बताए । उनले गृहमन्त्रीको नाम तोक्नुपर्ने अडान कायमै रहेको जानकारी दिए ।

सत्तापक्षले नयाँ प्रस्ताव ल्याउने जानकारी दिएको उनले बताए । कांग्रेसको प्रस्तावपछि कार्यादलका सदस्यहरू शीर्ष नेताहरूसँग छलफल गरी फेरि बैठक बस्ने तयारीमा छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १२:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro