site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मकवानपुरमा ३७४ साना उद्योग बन्द
फाइल तस्बिर

हेटाैँडा। आर्थिक मन्दीका कारण मकवानपुरमा चालु आर्थिक वर्षको १० महिनामा ३७४ साना उद्याेग बन्द भएका छन् ।घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरका अनुसार यो अवधिमा उद्योगतर्फ १६७ र वाणिज्यतर्फका २०७ उद्योगको लगत कट्टा भएको छ ।

अघिल्लो आव २०७९/८० मा मकवानपुरमा उद्योग र वाणिज्यका २८३ वटा उद्योगको लगत कट्टा गरिएको थियो । बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायत कारणले उद्योगको लगत कट्टा हुने संख्या बढेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख रामप्रसाद भुसालले बताए ।

Argakhachi Cement Island Ad

घरेलु तथा साना उद्योग कार्यालयमा चालु आवको १० महिनामा उद्योगतर्फ ३२३ र वाणिज्यतर्फ २९१ गरी ६१४ नयाँ उद्योग दर्ता भएको छन् । आव २०७९/८९ मा उद्योगतर्फ ५७९ र वाणिज्यतर्फ ४३० गरी एक हजार नौ उद्योग दर्ता भएको थिए ।

चालु आवमा उद्योगतर्फ ३३ द्योगको नामसारी, २४ ठाउँसारी, ९३४ वटा नवीकरण, ४५१ को पुँजी वृद्धि, ६७ को प्रतिलिपि, १६७ को लगत कट्टा तथा २८ को उद्देश्य थप गरिएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

उक्त अवधिमा वाणिज्यतर्फ १६ को नामसारी, २५ को ठाउँसारी, ७७७ वटाको पूँजी वृद्धि, एक हजार २१४ उद्योगको नवीकरण, २०७ को लगत कट्टा तथा ४१ उद्योगको उद्देश्य थप गरिएको प्रमुख भुसालले बताए  । नयाँ उद्योग तथा वाणिज्य दर्ता, नवीकरण, लगत कट्टालगायत शीर्षकबाट यस अवधिमा  दुई करोड ६३ लाख २२ हजार ३५२ राजस्व संकलन भएको प्रमुख भुसालले बताए । रासस

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  ११:४१
प्रतिक्रिया दिनुहोस्