site stats
बाह्रखरी :: Baahrakhari
देश
म्यानमारस्थित नेपाली दूतावासमा साढे तीन फिटको बुद्धको मूर्तिको प्राण प्रतिष्ठा

काठमाडौं । म्यानमारको याङ्गुनस्थित नेपाली दूतावासमा बुद्धजयन्तीको अवसरमा बिहीबार साढे तीन फिट अग्लो बुद्धको मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ । दूतावास परिसरमा एक कायक्रमको आयोजना गरी बुद्धको मूर्तिको प्राण प्रतिष्ठा गरिएको म्यानमारका लागि नेपाली राजदूत हरिषचन्द्र घिमिरेले बाह्रखरीलाई बताए । 

“२५६८औँ बुद्धजयन्तीको अवसरमा बुद्धको संगमरमरको प्रतिमाको प्राण प्रतिष्ठा गरेका हौँ,” राजदूत घिमिरेले भने, “कार्यक्रममा विभिन्दा देशका राजदूत, संघसंस्थाका प्रतिनिधि, नेपाली समुदाय र नेपाली भाषीको उपस्थिति थियो ।” 

Argakhachi Cement Island Ad

manmar-nepali-ambassy-1716459769.jpg
 

कार्यक्रममा सहभागी हुन आउने नेपाली तथा विदेशी पाहुनाहरूलाई सेल रोटी, खीर, पुवा, नेपाली अचारको प्रसाद खुवाइएको थियो । कार्यक्रमको प्रारम्भमा याङ्गुनस्थित वानरसी नेपाली विहारका नौ भिक्षुहरूले अभिषेक गरेका थिए । त्यसपछि राजदूत घिमिरेले मन्तव्य राखेका थिए । राजदूत घिमिरले मानव जाति र शान्तिका लागि भगवान बुद्धको योगदानबारे आफ्ना धारणा राखेका थिए । 

bhikshu-manmar-1716459824.jpg
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा राजदूत घिमिरेले बुद्धको म्यानमार भ्रमण र स्वेडागन प्यागोडामा संरक्षित गौतम बुद्धका कपालका केही टुक्राहरूका बारेमा पनि जानकारी दिएका थिए । उनले यी घटनाहरूलाई नेपाल र म्यानमारबीच विद्यमान ऐतिहासिक सम्बन्धको प्रमाणका रूपमा व्याख्या गरेका थिए ।

nepali-ambassy-manamar-1716459871.jpg
कार्यक्रममा नेपाली दूतावासका कर्मचारी, विभिन्न कूटनीतिक नियोगका प्रतिनिधि, राष्ट्रसंघीय निकाय र अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 

त्यस्तै, टुरिजम म्यानमारका अध्यक्ष, अखिल म्यानमार गोर्खा हिन्दु धार्मिक संघका अध्यक्ष, म्यानमार नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष, एनआरएनए म्यान्मारका अध्यक्ष, बोधगया तीर्थयात्रा कार्य समितिका अध्यक्ष तथा संयुक्त राष्ट्रसंघीय निकाय तथा अन्य संघसंस्थामा कार्यरत नेपाली नागरिकको उपस्थिति थियो ।

buddha-manmar-1716459951.jpg
 

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १६:११
प्रतिक्रिया दिनुहोस्