site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चिनियाँ पत्रकार रिहा भएको पुष्टि

हङकङ । चार वर्षअघि कोभिड–१९ को रिपोर्टिङ गरेबापत पक्राउ परेकी चिनियाँ ब्लगर तथा पत्रकार झाङ झान रिहा भएको रिपोर्टर्स विदाउट बोर्डर्सले जनाएको छ ।

उक्त संगठनले झानको भिडियो सेयर गरेको छ । उनी गत हप्ता नै रिहा हुनुपर्नेमा कुनै जानकारी प्राप्त नभएका कारण समर्थक र साथीहरूले आशंका व्यक्त गरेका थिए । उनलाई रिहा गरेपछि मे १३ का दिन दाजुको घरमा जान अनुमति दिइएको थियो ।

उनी वुहानमा फैलिएको कोरोनाको रिपोर्टिङ गर्दा पक्राउ परेकी थिइन् । उनलाई रिपोर्टमार्फत झगडा गराएको र समस्यालाई बढाइचढाइ गरेको आरोपमा अदालतको आदेशानुसार सन् २०२० मेमा चार वर्षका निम्ति जेल पठाइएको थियो ।

४० वर्षीया ती महिला पत्रकार तथा पूर्ववकिलले विगतमा जेलभित्रै पटक–पटक भोक हड्ताल गरेका कारण अधिकारकर्मीले उनको स्वास्थ्य अवस्थाका बारेमा चासो दिँदै आएका थिए । बीबीसीबाट ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  ०९:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro