राजनीति
काठमाडौं । सरकारले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ संसद्मा पेस गरेको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधबीच सोमबारको प्रतिनिधिसभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उक्त अध्यादेश पेस गरेका हुन् ।
कांग्रेस सांसदले नाराबाजी गरिरहँदा सभामुख देवराज घिमिरेले अध्यादेश पेस गर्न अनुमति दिएका थिए ।
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१ १३:४२
प्रतिक्रिया दिनुहोस्