site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘बटमलाइन’बाट टसमस छैनौँ, ‘मध्यविन्दु’ खोज्न आग्रह गर्‍यौँ : परियार
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको बचत अपचलन प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम नै तोकेर संसदीय छानबिन समिति बनाउनुपर्ने अडान कायमै राखेको छ । समिति बनाउन कार्यादेश तयार पार्न गठित कार्यदलको मंगलबार सिंहदरबारमा बसेको बैठकमा कांग्रेसका प्रतिनिधिले गृहमन्त्री लामिछाने अपचलनमा संलग्न रहेको जिकिर गरेका हुन् ।

“गोरखा मिडियामा जसरी सहकारीबाट पैसा आयो र त्यसको अपचलनमा रवि लामिछाने संलग्न हुनुहुन्छ, यो विषय राख्यौँ,” कांग्रेसका सहमहामन्त्री जीवन परियारले बैठकपछि भने, “हाम्रो बटमलाइनबाट टसमस छैनौँ ।”

सहमतिमा पुग्न फेरि बैठक बस्ने उनले बताए । कांग्रेस प्रतिनिधिले सहमतिको ‘मध्यविन्दु’ खोज्न सत्तापक्षलाई आग्रह गरेका छन् । “मध्यविन्दु खोज्न सत्तालाई प्रस्ताव लिएर आउनुस् भनेका छौँ,” परियारले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  ११:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro