site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
वीरगन्ज महानगरद्वारा ४० करोड राजस्व संकलन 
Argakhachi Cement Island Ad

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु ३९ करोड ८० लाख ३४ हजार ११९ रकम राजस्व संकलन गरेको छ ।
 
महानगरले गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा तीन करोड १८ लाख ९८ हजार २९ रुपैयाँ रकम बढी संकलन गरेको हो । महानगरले गत आवको १० महिनामा ३६ करोड ६१ लाख ३६ हजार ९० राजस्व संकलन गरेको थियो ।

वीरगञ्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले चालु आवको बजेट पुसमा संशोधन गर्दै ७० करोड राजस्व संकलन गर्ने लक्ष्य भए पनि हालसम्म ४० करोडको हाराहारीमा मात्रै राजस्व संकलन भएको जानकारी दिए । रासस
 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  ०६:३७
प्रतिक्रिया दिनुहोस्