site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेसले समिति होइन सरकार माग गरेको हो : महेश बर्तौला
फाइल तस्बिर

काठमाडौं । प्रमुख सत्तासाझेदार दल नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति माग नगरी सरकार माग गरेको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले कांग्रेसले संसदीय छानबिन समितिको नाम गरेर सरकारको माग गरेको बताएका हुन् । 

गृहमन्त्री रवि लामिछानेको नाममा छानबिन समिति बनाएर राजीनामा माग्ने र सरकार ढाल्ने बदनियत कांग्रेसले राखेको भन्दै उनले कांग्रेसको माग बदनियतपूर्ण र पूर्वाग्रहप्रेरित रहेको आरोप लगाए । कोही व्यक्तिको नाममा अनुसन्धान गर्न समिति बनाउन नसकिने उनको भनाइ छ । 

“यस्तो बदनियत राखेर एउटा कोही अमूक व्यक्तिका नाममा अनुसन्धान गर्नका लागि अनुसन्धान अधिकारी कांग्रेसले नियुक्त गर्न पाउँदैन । कांग्रेसको यसप्रकारको दादागिरी, उदण्डता, अराजकता, अधिनायकवादी तरिका स्वीकार्य हुन सक्दैन । यदि कांग्रेस संवादको माध्यमबाट अगाडि बढ्न तयार छ भने हामी संवादको सबै वातावरण बनाएर अगाडि जान तयार छौँ । कार्यदलको बैठक बस्न सक्छ । कार्यदललाई व्यवस्थित ढंगले लैजान चहान्छौँ । सहकारीपीडितलाई न्यायको प्रक्रियाबाट अगाडि जान चाहन्छौँ । बचतकर्ताहरूको बचतको सुरक्षाको सुनिश्चितता गर्न चहान्छौँ,” उनले भने, “ठगी र बदमासी गर्नेहरूलाई कारबाही गर्न चाहन्छौँ । त्यो यो संसदीय छानबिन समितिले गर्न सक्छ । तर, कांग्रेस तयार छ ? तपाईंहरूलाई चाहिएको छ रवि लामिछानेको नाम । नाम लिने, भोलिपल्टदेखि सदनमा राजीनामा माग्ने । सरकारलाई ढाल्ने । अस्थिरतातर्फ मुलुकलाई लैजाने दाउपेच कांग्रेसको छ । कांग्रेसले समिति माग गरेको होइन । समितिको नामबाट सरकार माग गरेको हो । जुन कुरा असम्भव छ । नेपाली कांग्रेसको त्यो बदनियत हो भन्नेकुरा, पूर्वाग्रहप्रेरित छ भन्ने कुरा, उसको समग्र चरित्र र व्यवहारबाट उदांगो भएको छ ।”

उनले संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन प्रमुख प्रतिपक्ष दलसँग संवाद कायम राखिने पनि बताए । 
 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १६:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro