site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालगञ्जको अधिकतम तापक्रम ४१.१ डिग्री सेल्सियस, कहाँको कति ?
फाइल तस्बिर ।

काठमाडौं । नेपालमा केही दिनदेखि तापक्रम बढ्दै गएको छ । आउँदा दिनमा अझै तापक्रम बढ्ने पूर्वानुमान छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अबको तीन दिन तातो हावा चल्नेछ । आज (शुक्रबार)देखि आइतबारसम्म तापक्रम बढ्ने र तातो हावा चल्ने महाशाखाले जनाएको छ । 

महाशाखाले शुक्रबार बेलुका सार्वजनिक गरेको २० स्थानको विवरणमध्ये तीन ठाउँको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि छ । 

महाशाखाले नेपालगञ्जको अधिकतम तापक्रम सबैभन्दा बढी ४१.१ डिग्री सेल्सियस मापन गरेको छ । बिहीबार नेपालगञ्जको अधिकतम तापक्रम ४०.५ डिग्री सेल्सियस मापन गरिएको थियो । 

यता धनगढीको अधिकतम तापक्रम पनि बिहीबारको तुलनामा शुक्रबार बढेको छ । आज धनगढीको अधिकतम तापक्रम ४०.७ डिग्री सेल्सियस मापन गरिएको छ । बिहीबार भने ४० डिग्री सेल्सियस मापन गरिएको थियो । 

भैरहवाको अधिकतम तापक्रम भने बिहीबारको तुलनामा केही कम मापन गरिएको छ । भैरहवाको अधिकतम तापक्रम शुक्रबार  ४०.२ डिग्री सेल्सियस मापन गरिएको छ । बिहीबार भने ४१.४ डिग्री सेल्सियस मापन गरिएको थियो । 

बिहीबारको तुलनामा शुक्रबार काठमाडौंको अधिकतम तापक्रम भने थोरै कम छ । काठमाडौंको अधिकतम तापक्रम शुक्रबार ३२.३ डिग्री सेल्सियस मापन गरिएको छ । बिहीबार भने अधिकतम तापक्रम ३३ डिग्री सेल्सियस मापन गरिएको थियो । 

त्यस्तै, दिपायलको अधिकतम तापक्रम ३९.८ डिग्री सेल्सियस, वीरेन्द्रनगरको ३८.५, जनकपुरको ३८.२, घोराहीको ३८, सिमराको ३७.३ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।  

महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे अधिकतम तापक्रम मापन गरी वेबसाइटमार्फत विवरण सार्वजनिक गर्ने गर्छ । 

tap-1715953404.JPG
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १९:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro