site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘पावर’का भरमा कसैले पनि उन्मुक्ति पाउनु हुँदैन : महत 
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनका विषयमा सहमतिको प्रयास भइरहेको बताएका छन् । 

शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै महतले छानबिन समिति गठनका विषयमा प्रधानमन्त्रीसँग निरन्तर छलफल भइरहेको भन्दै आइतबारसम्म एउटा सहमतिमा पुग्न सकिने बताए । 

गृहमन्त्रीलगायत अन्य समस्याग्रस्त सहकारीका विषयमा अध्ययन गर्नेगरी समिति बनाउनुपर्ने धारणा राखे । रवि लामिछाने सहकारी प्रकरणमा संलग्न भएको स्पष्ट रहेको भन्दै उनले पावरका भरमा कसैले पनि उन्मुक्ति पाउन नहुने जिकिर गरे ।

“कांग्रेसले उठाएका विषयमा गम्भीर नभएकै कारण लगातार सदन अवरुद्ध हुन पुगेको छ,” उनले भने, “त्यसकारण सरकारले अध्यादेशबाट बजेट ल्याउन खोजेको हो की भन्ने आशंका उत्पन्न हुनु स्वभाविक छ ।”

उनले विपक्षी दलहरूको बैठकले पनि संसदीय छानबिन समितिबाट पछि नहट्ने निर्णय गरेको जानकारी दिए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १६:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro