site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
घट्यो सेयर बजार, तीन अर्ब ७० करोडको कारोबार

काठमाडौं । लगातार चार दिन बढेको धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बुधबार भने घटेर बन्द भएको छ । नेपाल स्टक एन्सचेन्ज (नेप्से)का अनुसार बुधबार नेप्से परिसूचक ९.५४ अंकले घटेर बन्द भएको हो ।

यस दिन बजार घटेसँगै करोबार रकम पनि घटेको छ । बुधबार तीन अर्ब ७० करोड ८४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार भने चार अर्ब आठ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

बुधबार ६६ कम्पनीको सेयर मूल्य बढेको छ भने १७१ कम्पनीको सेयर मूल्य घटेको छ ।

कारोबारमा आएका १३ समूहमध्ये उत्पादन तथा प्रशोधन, व्यावार र म्युचुअल फण्ड समूहको परिसूचक वृद्धि भएको छ । बाँकी समूहको परिसूचक घटेको छ । यस दिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक १.४० प्रतिशत, व्यापार समूहको ०.१७ प्रतिशत र व्यापार समूहको परिसूचक १.१६ प्रतिशतले घटेको छ ।

Global Ime bank

बुधबार उपकार लघुवित्त र युनिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने १० प्रतिशतले वृद्धि भएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu