site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांगेसको अवरोधले दुवै सदनमा टेबुल हुन पाएन धन्यवाद प्रस्ताव

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक प्रभावित भएको छ । मंगलबारको प्रतिनिधिसभा बैठक बस्नुअघि संघीय संसद्को दुवै सदनको संयुक्त बैठक बसेको थियो । उक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । 

उक्त बैठक सकिएपछि साँझ ६ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको थियो । बैठकको कार्यसूचीमा ६ वटा विषय समावेश गरिएका थिए । तर, नेपाली कांग्रेसले बैठक सुरु हुनेबित्तिकै वेल घेरेर नाराबाजी गरेपछि सदन चल्न सकेन । 

६ वटै विषय कार्यसूचीबाट हटाइएपछि नीति कार्यक्रम प्रस्तुत गरेकोमा राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव टेबुल गर्दै पारित गर्न सकेन । यसअघि आजै बसेको राष्ट्रियसभा बैठकले पनि धन्यवाद प्रस्ताव पारित गर्ने कार्यसूची बनाएको थियो । तर, कांग्रेसले अवरोध गरेपछि त्यहाँबाट पनि धन्यवाद प्रस्ताव पारित गर्न सकेन । कांग्रेसले सहकारीको बचत रकम अपचलन प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको दाबी गर्दै आएको छ । उनीमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग कांग्रेसको छ । 

समिति नबनाएसम्म सदन चल्न नदिने अडान कांग्रेसको छ । कांग्रेसले छानबिन समितिको माग राख्दै केही समययता संसद् अवरोध गर्दै आइरहेको छ । आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने र त्यसपछि अवरोध कायम राख्ने निर्णय गरेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १८:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro