site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कार्यव्यवस्थामा कांग्रेसको प्रश्न– प्रतिपक्षलाई उत्तेजित बनाउने यो कुन संसदीय भाषा हो ? 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तापक्षले प्रतिपक्षलाई उत्तेजित पार्ने काम नगर्न चेतावनी दिएको छ । सभामुखले डाकेको कार्यव्यवस्था परामर्श समिति बैठकमा कांग्रेसले ‘आत्महत्या गर्छौँ भने गरोस्’ भन्ने कसले बोलेको हो भन्दै प्रश्न उठाएको हो । “सत्तापक्षले प्रतिपक्षलाई उत्तेजित पार्ने प्रयास गर्दैछ । नेपाली कांग्रेसले आत्महत्या गर्छ भने गरोस् भनेको सुनियो,” बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भने, “यो कुन संसदीय भाषा हो ? प्रतिपक्षलाई सम्बोधन गर्ने तरिका यही हो ?” 

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाको ‘कांगेसले आत्महत्या गर्छ भने पनि संसदीय छानबिन समिति बन्दैन’ भन्ने भनाइप्रति खतिवडाले लक्षित गरेका थिए । तर, उनले फलाना व्यक्तिको अभिव्यक्ति भनेर किटानी भने गरेनन् । खतिवडाले २८ वैशाखको संसद्मा सभामुखको भूमिकाका कारण परिस्थिति बिग्रिएको भन्दै सभामुखमाथि नै प्रश्न उठाएका थिए । सभामुखले त्यसदिन कार्यव्यवस्था परामर्श समितिको बैठक नराखेको र कांग्रेसले गृहमन्त्रीलाई बोल्न दिने जानकारी दिएपछि पनि आफू खुसी कार्यसूचीमा प्रवेश गरेको उनको आरोप थियो । 

“कांग्रेसका तर्फबाट मैले बोल्ने, गृहमन्त्रीलाई बोल्न समय दिने र त्यसपछि कांग्रेसका तर्फबाट महामन्त्री गगन थापाले बोल्ने कुरा तय भएको थियो,” खतिवडाले भने, “तर, सभामुखले पहिले समझदारी विपरीत कार्यसूचीमा प्रवेश गर्नुभयो । त्यसपछि हामीले विरोध जनाएपछि हाम्रा सम्मान्नविपरीत बोल्नका लागि समय दिनुभयो ।” 

यहीकारण बन्न लागेको सहमति बिथोलिएको उनको भनाइ थियो । कार्यव्यवस्था समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले भने कांग्रेसले गृहमन्त्रीलाई बोल्न दिने निर्णय गरेको भन्दै गृहमन्त्रीले बोल्न पाउनुपर्ने बताएका थिए । जवाफमा कांगेसका खतिवडाले निर्णयअनुसार नै जान प्रस्ताव गरेका थिए । सुरुमा संसदीय समिति गठन गर्ने, त्यसपछि हामीले बोल्ने र गृहमन्त्रीलाई बोल्न दिने भन्ने भएको छ त्यस अनुरुप जाउँ खतिवडाले भनेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १५:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro