site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
थ्रेड गार्मेन्ट र महालक्ष्मी नगरपालिकाको सहकार्यमा तीनमहिने निःशुल्क सिलाइ कटाइ तालिम
Argakhachi Cement Island Ad

काठमाडौं । थ्रेड गार्मेन्टले ललितपुरको महालक्ष्मी नगरपालिकाको सहयोगमा सिलाइ कटाइसम्बन्धी तीनमहिने निःशुल्क तालिम दिने भएको छ । स्वदेशमै रोजगारी सिर्जना गर्ने र आत्मनिर्भर बनाउने उद्देश्यले उक्त तालिम दिन लागिएको गार्मेन्टका सञ्चालक कृष्णराज तिमल्सिनाले जानकारी दिए ।

wqoefmg-1715670656.jpg
तालिममा महिला र पुरुष दुवैलाई सहभागी गराइनेछ । तालिमपश्चात् इच्छुकलाई गार्मेन्टमै रोजगारीको समेत व्यवस्था गरिने तिमल्सिनाको भनाइ छ ।

निःशुल्क तालिम कार्यक्रमको मंगलबार महालक्ष्मी नगरपालिकाका उपमेयर लक्ष्मी श्रेष्ठ र सञ्चालक तिमल्सिनाले संयुक्त रूपमा शुभारम्भ गरे ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १२:५६
प्रतिक्रिया दिनुहोस्