site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सहकारीको मुद्दा सडकमा पुर्‍याउँदै कांग्रेस : भातृ संस्था परिचालित 

काठमाडौं । सहकारीको बचत अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको ठहर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको छ । उसले गृहमन्त्रीको संलग्नताबारे संसदीय समिति बनाएर छानबिन हुनुपर्ने माग गरिरहेको छ । यसैको उपज संघीय संसद्का बैठकहरू सञ्चालन हुन सकेको छैन । 

राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने तयारीमा कांग्रेस छ । सदनमा सहकारीको बचत अपचलनमा आक्रमक बनेको कांग्रेस सडकमा पनि पुग्ने निर्णयमा पुगेको छ । 

जसका लागि पार्टीका भातृ संस्थाहरू सडकमा परिचालित हुने भएका छन् । कांग्रेसका भातृ संस्थाहरू नेपाल विद्यार्थी संघ, नेपाल तरूण दल र नेपाल महिला संघले सहकारी पीडितहरूको पक्षमा सडक संघर्ष गर्ने जानकारी दिएको छ । 

नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाउने तयारी रहेको जानकारी दिएका छन् । उनले जेठ १ गते ७७ वटै जिल्लाबाट ज्ञापन पत्र बुझाउने कार्यक्रम हुने बताएका छन् । 

ज्ञापनपत्रमार्फत नेविसंघले सहकारी बचतकर्ताहरूको बचत फिर्ता गराउन, सहकारीको समस्यालाई दिगो रूपमा समाधान गर्न र सहकारीको रकम दुरुपयोग गरी अपचलन गर्ने सहकारी ठगहरूलाई छानबिनको दायरामा ल्याई कानुनी कारबाही गर्न माग गर्ने जनाएको छ । 

यस्तै, सहकारी ठगीमा संलग्न सहकारी संस्था, सदस्य र सम्बन्धित व्यक्तिहरूलाई कानुनको दायरामा ल्याउन तत्काल निष्पक्ष संसदीय छानबिन समिति गठन गर्न माग गर्ने जनाएको छ । यस्तै, अर्को भातृ संस्था नेपाल महिला संघले पनि दबाबमुलक कार्यक्रम गर्ने भएको छ । संघले जेठ १ गते राजधानी काठमाडौंमा विरोध र्‍याली र सभा गर्ने बताएको छ । उसले भोलि अर्थात् मंगलबार दिउँसो साढे १ बजे काठमाडौंको शान्तिबाटिकामा विरोध सभा गर्ने कार्यक्रम तय गरेको छ । 

यस्तै, नेपाल तरूण दलले जेठ २ गते माइतीघर मण्डलादेखि नयाँ वानेश्वरसम्म विरोध र्‍याली गर्ने निर्णय गरेको छ । तरूणका अध्यक्ष विद्वान गुरुङले विज्ञप्ति जारी गर्दै निर्णयबारे जानकारी दिएका छन् । “माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म सहकारी ठगीविरुद्ध विरोध र्‍याली निकाल्ने निर्णय गर्दै यस बैठकले आम सहकारी पीडितहरूलाई पनि यस विरोध र्‍यालीमा सहभागिताको लागि आह्वान गरिएको यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ,” विज्ञप्तिमा लेखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १८:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro