site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
समान हैसियत प्राप्त हुँदासम्म सरकारमा : एकीकृत समाजवादी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव तथा प्रचारविभाग प्रमुख जगन्नाथ खतिवडाले सरकारबारेको दृष्टिकोण प्रस्ट रहेको बताएका छन् । 

सोमबार पोलिट्ब्युरो बैठकपछि उनले शक्ति अनुसारको समान हैसियत प्राप्त हुँदासम्म सरकारमा रहने बताए । उनले राजनीतिक स्थिरताका लागि सरकारमा बस्न तयार रहेको कुरा बताउँदै आएको सुनाए । तर, नीति कार्यक्रम र बजेटमा भूमिकाबिना सरकारमा बस्ने कुरा जटिल हुने बताए । “नीति, कार्यक्रम र बजेटमा हाम्रो भूमिकाबिना सरकारमा बस्ने कुरा जहिले पनि प्रश्नवाचक नै बन्दछ,” उनले भने । 

उनले बैठकमा प्रस्तुत दस्तावेजले सरकारमा बस्ने–नबस्ने कुरा निदृष्ट नगरेको बताए । “सरकार बीचमा आउँछन, जान्छन् । अनेक पटक सरकारमा जानुपर्ने हुन्छ । अनेक पटक झर्नुपर्ने हुन्छ । यसबारेमा प्रतिवेदनमा केही छैन,” खतिवडाले भने ।
 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १८:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro