site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सगरमाथा आधारशिविरमा कीर्तिमानी आरोही कामीरिता शेर्पाको भव्य स्वागत 
फाइल तस्बिर ।

काठमाडौं । सगरमाथा आधारशिविरमा कीतिमानी सगरमाथा आरोही कामीरिता शेर्पाको भव्य स्वागत गरिएको छ । त्यहाँस्थित पर्यटन विभागको फिल्ड कार्यालयले सोमबार उनको स्वागत गरेको हो । 

“फिल्ड कार्यालयले सगरमाथा आधारशिविरमा कीर्तिमानी आरोही कामीरिता शेर्पालाई फूलमाला र अविर लगाई स्वागत गरेको छ । उनको स्वागतमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो,” पर्यटन विभागको साहसिक तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले बाह्रखरीसँग भने । 

सगरमाथा आरोहण गर्ने क्रममा कामीरिताले आइतबार आफ्नो रेकर्ड आफैँ ब्रेक गरेका थिए । यसअघि २८औँ पटक सगरमाथाको सफल आरोहण गरी सबैभन्दा बढी पटक सगरमाथाको शिखरमा पुग्ने रेकर्ड उनले बनाएका थिए । 

आइतबार बिहान ७ः२५ बजे उनले फेरि सगरमाथाको सफल आरोहण गरेका थिए । आइतबार उनले सगरमाथाको २९औँ पटक सफल आरोहण गरेका थिए । “२९औँ पटक सगरमाथाको सफल आरोहण गरी सोमबार आधारशिविर फकिनुभएका कामीरितालाई त्यहाँ भव्य स्वागत गरिएको हो,” गुरुङले भने ।

गत शुक्रबारदेखि आइतबारसम्म ७० जनाभन्दा बढी आरोही तथा गाईडले विश्वको सर्वोच्च शिखर सगरमाथको सफल आरोहण गरेका छन् । 

गत शुक्रबार यस सिजनमा सगरमाथा आरोहणका लागि डोरी टाङ्ग्ने (रोप फिक्सीङ) गर्ने कार्य गरिएको थियो । डोरी टाङ्ने क्रममा शुक्रबार बेलुकी ८ः१५ बजे १० जनाले सगरमाथाको सफल आरोहण गरेका थिए । 

पयर्टन विभागका अनुसार यस सिजनमा सगरमाथा आरोहण गर्नको लागि ४१ टिमका ४१४ जनाले स्वीकृति लिएका छन् । स्वीकृति लिनेमा ७५ महिला र ३३९ पुरुष छन् । उनीहरूलाई यो स्वीकृति १ मार्च २०२४ देखि ७ मे २०२४ सम्मको अवधिमा दिइएको हो । सगरमाथा आरोहण गर्नको लागि स्वीकृति दिएबापत सरकारले ५९ करोड २३ लाख पाँच हजार ८४९ रुपैयाँ राजस्व उठाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १४:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro