site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसद्‌मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा कुनै अवरोध हुँदैन : प्रधानमन्त्री  
फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बिना अवरोध संसद्‌मा प्रस्तुत हुने दाबी गरेका छन् । आउँदो जेठ १ गते संघीय संसद्‌मा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ ।

तर, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी रकम अपचलन गरेको विषयमा छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग राखेर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद्‌मा अवरोध गर्दै आएको छ । उसले समिति नबनेसम्म सदन चल्न नसक्ने चेतावनी दिएको छ । 

तर, प्रधानमन्त्री प्रचण्डले बिना अवरोध सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुने दाबी गरेका हुन् । आइतबार कांग्रेसका शीर्ष नेताहरूसँगको छलफलपछि प्रधानमन्त्री प्रचण्डले सोमबार बेलुकासम्म सरकारको नीति तथा कार्यक्रम सहज ढंगले अघि बढ्ने वातावरण बन्ने विश्वास व्यक्त गरे । 

उनले कांग्रेससँग सहमतिको ढोका खोल्नका लागि आफूले गम्भीरतापूर्वक छलफल गरेको बताए । आइतबार दिउँसो राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रमपछि प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग सोमबार बेलुकासम्म छलफलबाट निष्कर्ष निकाल्ने बताए । 

Global Ime bank

“मैले त्यही ढोका खोल्नकै लागि गम्भीरतापूर्वक नै आज प्रतिपक्षसँग छलफल भएको छ । अन्तिम निष्कर्षमा नपुगे पनि मलाई के विश्वास भएको छ भने भोलि बेलुकासम्म हामी एउटा निष्कर्ष निकालेर नीति, कार्यक्रम सहज ढंगले अगाडि बढ्ने वातावरण बन्छ,” प्रधानमन्त्री प्रचण्डले भने ।

यता, प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउन प्रधानमन्त्री सकारात्मक भएको प्रतिक्रिया दिएका थिए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १२:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu