site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रतिनिधिसभा बैठक जेठ १ मा बस्ने 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रतिनिधिसभाको बैठक जेठ १ गते साँझ ६ गते सम्मका लागि स्थगन भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी बचत अपचलन प्रक्रियामा गृहमन्त्री रवि लामिछाने दोषी रहेको भन्दै संसदीय छानबिन समिति गठन गर्न माग गरिरहेको छ । तर, सत्ता पक्ष समिति गठनमा गम्भीर नभएकाले त्यसको असर सदनको बैठक सञ्चालनमा परेको छ । 

शुक्रबारबाट संसद्को बजेट अधिवेशन सुरू भएको थियो । अधिवेशनको पहिलो बैठकमा कांग्रेस महामन्त्री गगन थापा बोल्दै समिति नबनेसमम सदन चल्न नदिने बताएका थिए । त्यसपश्चात् सभामुख देवराज घिमिरेले सदनअघि बढाउन खोजेपछि कांग्रेसले वेल घेराउ गरेको थियो । १५ मिनेट सदन बैठक स्थगन गरेर समस्या समाधानको विन्दु खोजी भए पनि सफल हुन सकेन । 

समस्याकै बीच दोस्रो बैठक सन्चालन भएको थियो । त्यसमा पनि सदनको कामकारबाही अघि बढाउन सभामुख घिमिरेले खोजेपछि कांग्रेसले वेल घेराउ गर्दै नाराबाजी गरेको थियो । नाराबाजीकै बीचमा सभामुख घिमिरेले गृहमन्त्री लामिछेनालाई बोल्न दिन खोजेका थिए । कांग्रेसले त्यसमा पनि विरोध गरेपछि सदन बैठक जेठ १ गते साँझ ६ बजे बस्नेगरी स्थगन गरिएको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १८:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय