site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गगनको प्रश्न– कांग्रेसलाई हेपेर सदन अघि बढाउँदा सरकार सफल हुन्छ ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पार्टीलाई हेपेर पेलेर सदन अघि बढाउँदा सरकार सफल हुन्छु भन्ठानेको हो भन्दै प्रश्न गरेका छन् ।

शुक्रबार बसेको बजेट अधिवेशनको पहिलो बैठकमा सहकारीको बचत अपचलनमा संसदीय छानबिन समिति बनाउभन्दा किन सरकार अटेर गरेको भन्ने कांग्रेसको प्रश्न छ ।

बैठकको सुुरूआतमै समय लिएर बोल्दै कांग्रेस महामन्त्री गगनकुमार थापाले कांग्रेसको संसद्को संख्या हेपेर पेलेर अघि बढेर सरकार चलाउछु सदन चलाउँछु भन्दा सरकार सफल हुन्छ भन्ठानेको भन्दै प्रश्न गरे । “हेप्न खोज्ने पेल्न खोज्ने ?,” थापाको प्रश्न थियो ।

उनले सदनमा प्रश्नको घाटी निमोठ्ने तयारी भइरहेको भन्दै आपत्ति जनाए । केही दिनअघि सहकारी अपचलन प्रकृयामा संलग्न गृहमन्त्री रवि लामिछानेले सदन बाहिर उभिएर भित्र जे भए पनि चार वर्ष मज्जाले चलाउँछु भनि अभिव्यक्ति दिएको पनि कटाक्ष गरे । “भर्खर आएको धेरै कुरा थाहा भएन भन्ने लागेको थियो । प्रमलाई त सदन कसरी चल्छ भन्ने कुरा बुझ्नुभएको होला,” उनले भने, “आज सदनमा जुन दृश्य बन्न जाँदैछ त्यसको कारण हामी होइन कारक पनि होइन ।”

उनले सत्ता पक्षले जे गर्ने सोच राखेको छ त्यसको मूल्य चुकाउनुपर्ने भन्दै थपे, “यसको मूल्य सबैले चुकाउनुपर्छ । यसलाई हल्का नठानियोस् ।”

सो क्रममा निजामति ऐनलगायत सदनमा प्रस्तुत गर्न दिएको अब सहकारीको विषयमा छानबिन समिति नबनेसम्म विषय अघि नबढ्ने घोषणा गरे । “हाम्रो जम्मा एक कुरा थियो र आज पनि छ । सहकारी ठगीका सन्दर्भमा यो सदनले छानबिन समिति बनाओस्,” उनले भने, “समिति नेकपा एमाले, माओवादी, रास्वपा बस्ने होला ढिँकी जातो सबै तपाईंको हातमा छ ।”

उनले आफूलाई पनि आरोप लाग्ने गरेको भन्दै समिति बनाएर छानबिन गरिदिए आनन्द हुने जिकिर गरे । साथै उनले समिति बनाउने कुरा आएपछि गलत नगरेको भए किन डराएको भन्दै थपे, “किन डराएको किन भागेको ?”

उनले कहिले प्रहरी कहिले प्रधानमन्त्री मात्र होइन हुँदा हुँदा महान्यायाधिवक्ता कार्यालयलाई समेत प्रभावमा पारेको भन्दै थपे, “महान्यायाधिवक्ता झुक्दा झुक्दा लम्पसार पर्नुभयो ? किन डराएको किन आत्तिएको ? गल्ती नगरकै भए ?”

महामन्त्री थापाले गृहमन्त्री लामिछानेलाई कुनै पनि अभियोजन लागेको छैन भनेर प्रधानमन्त्री र महान्यायाधिवक्ताको दुरुपयोग लामिछानेबाट भएको आरोप लगाए । गलत नै नगरेको भए संसदीय छानबिन समिति बनाएर कांग्रेसलाई गलत सावित गरिदिन उनले चुनौती दिए ।

“संसदीय समितिबाट गलत सावित गर्दिनु न नेपाली कांग्रेसलाई,” उनले भने, “सरकार चार वर्ष चलाउनुहोस् केही हुन्न नडराउनु , ढुक्कले चलाउन । छानबिन समिति बनाउन नेतृत्व गर्नुहोस् ।”

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १७:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro