site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसदीय छानबिन समिति नबनेसम्म दुवै सदनको बैठक चल्न सक्दैन : कृष्ण सिटौला

काठमाडौं । राष्ट्रियसभामा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाएर छानबिन नभएसम्म दुवै सदनको बैठक सञ्चालन गर्न नदिने बताएका छन् । 

शुक्रबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै उनले कांग्रेसको संसदीय दलको बैठकले समेत संसदीय छानबिन समिति नबनेसम्म दुवै सदनको बैठक अघि बढ्न नदिने निर्णय गरेको जानकारी गराए । 

Argakhachi Cement Island Ad

संसदीय छानबिन समिति बनाउनु गठनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै बाधक बनिरहेको भन्दै उनले महान्यायाधिवक्ताले इतिहासमै नभएको सरकारका मन्त्रीलाई क्लिन चिट दिने काम गरेको भन्दै आपत्ति जनाए । 

“आजसम्म इतिहासमा नभएको घटनामा जुडिसियरी पनि सामेल भएको देखियो । महान्यायाधिवक्ताले कसैलाई क्लिनचिट दिँदै हिँड्छ,  प्रहरीले क्यारेक्टरको सर्टिफिकेट दिएको जस्तो । कुनै अपराध गरेको छैन है भनेर दिए जस्तो । मिल्दैन नि किन गरेको यस्तो ? कसको प्रभावबाट हुन्छ । संसदीय छानबिन समिति नबसेसम्म दुवै सदनको बैठक अघि बढ्दैन । हामीले संसदीय दलको बैठकबाट पनि निर्णय गरिसकेका छौँ,” सिटौलाले भने । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १५:१९
प्रतिक्रिया दिनुहोस्