site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
रविलाई बोल्न दिने नेपाली कांग्रेस संसदीय दलको निर्णय 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीमा नाम जोडिएका गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने निर्णय गरेको छ । नेपाली कांग्रेसको संसदीय दलको बैठकले लामिछानेलाई आफ्नाे कुरा राख्न दिने निर्णय गरेको हो । 

नेपाली कांग्रेसले निर्णयसँगै बैठकमा प्रस्तुत हुने रणनीति समेत बनाएको छ । संसद्को बैठक सुरू हुनासाथ नेपाली कांगेसका तर्फबाट कांग्रेसले यसअघिदेखि उठाउँदै आएको मुद्दा र नेपाली कांग्रेसको आजको अडानका विषयमा सांसद रामहरि खतिवडाले ध्यानाकर्षण गराउने छन् । उनले सहकारी ठगीका प्रमाण सार्वजनिक हुँदासमेत आफ्नो दोष अस्वीकार गर्दै आएका लामिछानेले संसद्‌मा बोल्न नपाएको गुनासो गर्दै आएकाले उनलाई एकपटकका लागि बोल्न दिने जानकारी गराउने छन् । 

त्यसपछि लामिछानेले कुरा राखेपछि त्यसमा संसदीय छानबिन समिति बनाउने सरकारका तर्फबाट स्वीकार हुने नहुने र गल्ती स्वीकार गर्ने नगर्ने आधारमा कांग्रेसका तर्फबाट महामन्त्री गगन थापाले बोल्ने तय भएको छ । थापाले उठाएको प्रश्न सम्बाेधन हुने अवस्था नभए नेपाली कांग्रेसले संसद्‌मा अवरोध जारी राख्ने रणनीति भएको भएको नेपाली कांग्रेस संसदीय दल स्रोतले बताएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १२:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय