site stats
बाह्रखरी :: Baahrakhari
खेल
साँगाविरुद्ध सहज जितसहित पुल्चोक शीर्ष स्थानमा

काठमाडौं । सिरब लो तामाङको दुई गोलप्रेरित पुल्चोक स्पोर्ट्स क्लबले सहिद स्मारक 'सी' डिभिजन लिगमा स्पोर्ट्स एकेडेमी साँगाविरुद्ध ५–१ सहज जित निकालेको छ ।

सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा पुल्चोकलाई जित दिलाउन सिरबले दुई गोल गरे । यस्तै, सागर थिङ, सुमन श्रेष्ठ र विशाल बीसीले समान एक गोल गरे । साँगाका विकास परियारले एक गोल फर्काएका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

खेलको १५औँ मिनेटमा सागरले गोल गर्दै पुल्चोकलाई अग्रतामा राखेका थिए । २६औँ मिनेटमा सिरबले गोल गरेपछि पहिलो हाफमा पुल्चोकले २–० को अग्रता बनाएको थियो । ४६औँ मिनेटमा सुमनले गोल गर्दै पुल्चोकलाई ३–० को अग्रतामा राखे । 

८०औँ मिनेटमा विशालले पुल्चोकका लागि चौथो गोल गरेका थिए । ८३औँ मिनेटमा साँगाका विकाशले गोल फर्काउँदै पुल्चोकको अग्रतालाई ४–१ मा झारेका थिए । तर, खेलको अन्तिम मिनेटमा सिरबले दोस्रो गोल गरेपछि पुल्चोकले ५–१ को सहज जित पक्का गरेको हो ।

जितसँगै प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको पुल्चोकले नौ खेलबाट १९ अंक जोडेको छ । समान खेलबाट १२ अंक जोडेको साँगा तालिकाको सातौँ स्थानमा छ । 
 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १८:०२
प्रतिक्रिया दिनुहोस्