site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
राष्ट्रपतिका उमेदवारको ‘कीराले खाएको दिमाग’ !
Sarbottam CementSarbottam Cement

वाशिङ्गटन । आउँदो अमेरिकी राष्ट्रपतिय निर्वाचनमा स्वतन्त्र उमेदवार रहेका रोबर्ट एफ केनेडी जुनियरको एक दशक अघि दिमागमा कीरा छिरेर दिमागको केही भाग खाएको भन्ने तथ्य सार्वजनिक भएको छ । 

न्यूयोर्क टाइम्सको एक रिपोर्टमा उनले सो कुरा स्वीकार गरेका छन् । उनका चिकित्सकले दिमागमा मरेको वर्म(कीरा) देखिएको एक दशक अघि जानकारी दिएका थिए । न्यूयोर्क टाइम्ससँगको कुराकानीमा उनले  यो विषय १० वर्ष अघि समाधान भएको र अहिले उनको स्वास्थ्य अवस्था राम्रो रहेको जनाएका छन् ।  

Prabhu Bank
Agni Group
NIC Asia

७० वर्षीय केनेडी अहिले राष्ट्रपति चुनावको दौडमा छन् । अन्य उमेदवारमध्ये राष्ट्रपति जो वाइडेन ८१ वर्षीय र डोनाल्ड ट्रम्प ७७ वर्षका भएकोले उनीहरुभन्दा केनेडी कम उमेरका हुन् । विपन्न मुलुकमा यसखालका समश्या धेरै पाइने गरे पनि अमेरिकामा भने वार्षिक करिब २ हजार मानिसलाई यस खालको समस्या देखिने गरेको समाचारमा जनाइएको छ ।

मरेको कीरा  २०१०मा एक चिकित्सकले स्क्यान गर्ने क्रममा देखिएको थियो ।  एक जना चिकित्सकलाई उद्धृत गर्दै उनले जनाएअनुसार मर्नुअघि सो कीराले उनको दिमागको केही भाग खाइदिएको थियो । 

Global Ime bank

एबीसीसँगको अन्तर्वार्ताका क्रममा केही चिकित्सकहरुले भने कीराले दिमाग नै खाने भन्दा पनि निस्क्रियतापूर्वक पौष्टिक पदार्थ सोस्ने जनाएका छन् ।

उनले अफ्रिका, दक्षिण अमेरिका र एशियाका देशमा वातावरणीय एडभोकेटका रुपमा काम गरेको र त्यही बेलामा कीरा सम्पर्कमा आएको हुन सक्ने उनका क्याम्पेन प्रेस सेक्रेटरी स्टेफानी स्पियरले बताएकी छन् । सो मामिला १० वर्ष अघि नै समाधान भएको उनको भनाई छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  ०९:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय