site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
संखुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडा मरे

संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका–५, फाकुवामा चट्याङ लागेर ७२ भेडा मरेका छन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले गएको शनिबार रातका समयमा परेको चट्याङ लागेर एकैगोठका ७२ भेडा मरेको जानकारी दिए ।

सभापोखरी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी चापागाईंले सभापोखरी–५ का  सोमबहादुर लिम्बूका ४०० भेडामध्ये ७२ वटा मरेको जानकारी दिइन् । रातको समयमा हुरीसँगै असिना परेपछि रुखको फेदमा बसेका ती भेडा एकैठाउँ मरेको भेटिएको उपाध्यक्ष चापागाईंले बताइन् ।

सभापोखरी गाउँपालिकाको माथिल्लो भेग नेपालको ताप्लेजुङ र चीनसँग जोडिएको छ । घटनास्थल सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रबिसे बजारदेखि एक दिनको पैदल दूरीमा पर्छ ।

सभापोखरी गाउँपालिकाको माथिल्लो भेगमा एकल र संयुक्त ६० भन्दा बढी भेडीगोठ छन् । क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । रासस
 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १५:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro