site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
तटस्थ बसेर प्रधानमन्त्रीको उमेदवार नै ठिक छैन भनेको हो : प्रेम सुवाल
फाइल तस्बिर
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिनिधिसभामा भइरहेको गतिविधिलाई सत्ताको भागबण्डाको झगडा भएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रतिनिधिसभामा भइरहेको गतिविधिहरू पुँजीवादी पार्टीहरूको सत्ताको भागबण्डाको झगडा भएको बताए ।  

विगतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सबैले विश्वासको मत दिएकाे भन्दै अहिले केही विषयमा झगडा भएका कारण विश्वासको मत नदिएको उनको  टिप्पणी छ । उनले विश्वासको मतको पक्ष वा विपक्षमा बस्दा साक्षी बसेको जस्तो हुने भएकाले आफूले मत नै नदिएको बताए । दुवै पक्ष ठिक नभएकाले आफू तटस्थ बसेको बताएका सांसद सुवालले प्रमुख प्रतिपक्ष दलले नाराबाजी गर्दा संसद्को कारबाही रोक्नु राम्रो हुने धारणा राखे ।  

“पुँजीवादी पार्टीहरूको सत्ताको भागबण्डाको झगडा हो । देश र जनताको लागि होइन । पुष्पकमल दाहालले पहिलोचोटी विश्वासको मत लिँदा एमाले, कांग्रेस सबै मिलेर दिएकै हो । अहिले के विषयमा झगडा भयो । भोलि कुन दिन मिल्छ ? त्यसैले हामी हिजो पनि मत दिन्नँ । आज पनि मत दिन्नँ । भर नै छैन पुँजिवादी पार्टीहरूको । हुन्न र हुन्छमा गएपछि त साक्षी बसेको जस्तो हुन्छ । दिन्नँ भनेपछि तिमीहरू दुवै ठिक छैनौँ । उमेदवार नै ठिक छैन भनेको हो त्यो । प्रमुख विपक्षीले आवाज उठाइरहँदा संसद्को कारबाही रोकेर जानु राम्रो हो । पहिला पनि यस्तो धेरै भइसकेको भन्ने नजिर भएको हुनाले नेपालमा संसदीय व्यवस्था पुँजीवादी व्यवस्था नै हो । खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने भनेजस्तो भइरहेको लाग्यो । यसले देश र जनताको लागि हित गर्दैन,” सांसद सुवालले भने । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १६:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro