राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बैठक बोलाएको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको बोलाइएको हो ।
पौडेलका अनुसार बुधबार बिहान ११ बजेका लागि बैठक बोलाइएको हो । बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
कांग्रेसले समसामयिक, राजनीतिक विषयका लागि बैठक बोलाएको हो । सदनमा आफूले उठाइरहेको सहकारी बचत अपचलन मुद्दामा संसदीय छानबिन समिति, संसद्को गतिरोधलगायत विषयमा छलफल हुने बुझिएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१ १७:०८
प्रतिक्रिया दिनुहोस्