site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसले दिवंगत नेता गुरुङको सम्मानमा पार्टीको झन्डा आधा झुकाउने
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य, संविधानसभा सदस्य एवं पूर्वमन्त्री सूर्यमान गुरुङको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार बसेको आकस्मिक बैठकले उनको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

बैठकले नेता गुरुङको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, दिवंगत आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ ।

स्व. गुरुङप्रति सम्मान प्रकट गर्दै बैठकले शोक कार्यक्रमअन्तर्गत वैशाख २७, २८ र २९ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, वैशाख २८ गते पार्टीको केन्द्र, प्रदेश तथा जिल्ला कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने र स्वर्गारोहणको १३औँ दिनमा सम्बन्धित जिल्लामा शोकसभाको आयोजना गर्ने निर्णय गरिएको छ ।

नेता गुरुङको यही वैशाख २५ गते काठमाडौंको ज्ञानेश्वरस्थित हिमाल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । वि.सं. २०१४ को भद्र अवज्ञा आन्दोलनमा सहभागी भई कांग्रेसको राजनीतिक यात्रा प्रारम्भ गरेका स्व. गुरुङलाई २०१७ सालमा प्रजातन्त्र अपदस्थपछि तत्कालीन व्यवस्थाले पक्राउ वारेन्ट जारी गरेको थियो ।

Global Ime bank

त्यसपछि उनी भारतको दार्जिलिङ निर्वासित भई सशस्त्र संगठनमा सक्रिय रहेका थिए । वि.सं. २०१८ फागुन २२ गते च्याङथापुमा श्रीजंग गुल्ममा आक्रमण गरी कब्जा गर्दाको समयमा र ०१८ चैत १७ गते ताप्लेजुङ अदालत, प्रहरी कार्यालय र जेल कब्जा गरी कैदीलाई मुक्त गरेको अभियोगमा उनलाई ट्रिबुनलले जन्मकैदको फैसला गरेको थियो ।

लोकतन्त्र स्थापनाका निम्ति गरिएका संघर्षका क्रममा गुरुङले पटक–पटक जेलजीवन, भारत निर्वासन, नजरबन्द, सम्पत्ति रोक्काजस्ता विविध व्यवधान व्यहोरेका थिए ।

कांग्रेस ताप्लेजुङको पटक–पटक जिल्ला सभापति, नेपाल आदिवासी जनजाति संघका पूर्वकेन्द्रीय सभापति, नेपाल किसान संघका पूर्वकेन्द्रीय महासचिव, कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिको पूर्वसदस्यजस्ता विभिन्न पदीय जिम्मेवारीमा रहेर उनले कुशलतापूर्वक कार्य गरेका थिए ।

वि.सं. १९९८ वैशाख १० गते पिता भगीमान गुरुङ र माता मनमाया गुरुङको सुपुत्रका रूपमा जन्मिएका गुरुङले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । उनको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने पार्टी कार्यालयले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १५:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement