site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देउवाले भने– अदालत र आयोगका क्रियाकलाप गम्भीरताका साथ हेरेको छु
SkywellSkywell

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालत र निर्वाचन आयोगका क्रियाकलाप गम्भीरताका साथ हेरिरहेको बताएका छन् ।

बुधबार बिहान गण्डकीका कांग्रेस सांसदहरूसँगको भेटमा देउवाले कम्युनिस्टहरू सत्ता कब्जाको शैलीमा अगाडि बढेको बताए । त्यसमा संवैधानिक निकाय, आयोगको भूमिकालाई नजिकबाट नियालिरहेको बताए । 

KFC Island Ad
NIC Asia

गत आइतबार गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत लिँदा उनको पक्षमा परेको ३० मतलाई नै सभामुख कृष्णप्रसाद धितालले बहुमत घोषणा गरिदिएका थिए । त्यसका विरुद्ध कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मंगलबार सर्वोच्चमा रिट दर्ता गरेका छन् । रिटको पेसी बिहीबारलाई तोकिएको छ ।

गण्डकीमा देखिएको असंवैधानिक कदमको बारेमा सांसदहरूले सभापति देउवालाई भेटेर ब्रिफीङ गरेका थिए । सांसदहरूको कुरा सुनेपछि देउवाले उक्त प्रतिक्रिया दिएका हुन् । “सर्वोच्च अदालत र निर्वाचन आयोगले गरेका पछिल्ला कार्यलाई कांग्रेसले गम्भीरताका साथ हेरेको छ,” देउवाको भनाइ उद्धृत गर्दै सांसद डिल्लीराम सुवेदीले भने ।

Royal Enfield Island Ad

कम्युनिस्टको सत्ता कब्जा अभिलाषामा यी निकायले साथ नदिनेमा आफू विश्वस्त रहेको देउवाले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro