site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रोपोगान्डाका मास्टर मानिने उत्तर कोरियाका किमको निधन
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

प्योंगयांग । उत्तर कोरियाका पूर्वप्रोपोगान्डा मास्टर किम कि नामको बुधबार ९४ वर्षको उमेरमा निधन भएको छ । उनको वृद्ध उमेर र धेरै अंगले काम गर्न छोडेका कारण निधन भएको जनाइएको छ । सरकारी सञ्चार माध्यमका अनुसार उनी २०२२ देखि नै उपचार गराइरहेका थिए ।

उनले दशकौँसम्म अधिनायकवादी राष्ट्रमा प्रोपोगान्डा फैलाउन भूमिका खेलेका थिए । उनको बुधबार भएको अन्त्येष्टी कार्यक्रममा उत्तर कोरियाका नेता किम जोङ उन पनि गएका थिए । उनले सो अवसरमा नामलाई ‘भेट्रान’ क्रान्तिकारीको उपमा दिँदै उनी निरन्तर रूपमा शासन प्रणालीप्रति बफादार भएको जनाएका थिए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

दक्षिण कोरियाको योनहाप न्यूज एजेन्सीले उनलाई नाजी जर्मनीका प्रोपोगान्डा बोस  जोसेफ गोयबल्ससँग तुलना गरेको छ । जसको मन्त्र झुठलाई कैयौँपटक दोहोर्‍याएमा त्यो सत्य हुन्छ भन्ने रहेको थियो । 

उत्तर कोरियाको किम वंशसँग रगतको साइनो भएका किम कि नामलाई पहिलोपटक प्योंगयांग प्रोपोगान्डा एण्ड एजिटेसन डिपार्टमेन्टमा उपनिर्देशकको रूपमा सन् १९६६ मा नियुक्त गरिएको थियो । जहाँ उनी अहिलेका नेताका बाबु किम जोङ द्वितीयसँगै काम गरेका थिए । पछि उनलाई सो विभागको प्रमुख बनाइएको थियो । उनलाई १९७० को दशकमा सरकारी मुखपत्र रोडोङ सिनममको इन्चार्ज समेत बनाइएको थियो । 

Royal Enfield Island Ad

उनी पछिल्ला समयमा देशका राष्ट्रिय नाराका लेखकका रूपमा समेत चिनिएका थिए । उनी २०१० को दशकदेखि चाहिँ अवकाशको जीवन जीउँदै आएका थिए । बीबीसी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ११:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro