site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसको प्रश्न– गृहमन्त्री देशको संविधानभन्दा माथि हो ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने देशको संविधानभन्दा माथि हो भन्दै प्रश्न गरेको छ ।

मंगलबार सिंहदरबारमा सभामुख देवराज घिमिरे र प्रमुख दलका शीर्ष नेताबीचको छलफलपछि सञ्चारकर्मीसित कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारीको बचत अपचलन प्रकरणमा लामिछानेमाथि प्रश्न उठाइएपश्चात् संसदीय छानबिन समिति बनाउनुपर्ने माग गरिएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“गृहमन्त्रीजीलाई शंकाको सुविधा दिएका छौँ । राजीनामा मागेका छैनौँ,” उनले भने, “प्रश्न उठेपछि छानबिन हुनुपर्छ । सरकारले संसदीय छानबिन समिति बनाउँछ भन्नेमा विश्वास छ ।”

रास्वपा संसदीय दलको मंगलबारै बसेको बैठकले सहकारी ठगी प्रकरणमा व्यक्तिकेन्द्रित छानिबन समिति मान्य नहुने निर्णय गरेको थियो । सोही विषयमा लेखकले भने, “कोही मानिस संविधान, देशको कानुनभन्दा माथि छ ?”

Global Ime bank

समग्रमा सहकारीमा भएको अपचलन, ठगी, दुरुपयोगको अनुसन्धान गर्नु हुँदैन भन्ने आफूहरूको धारणा नरहेको लेखकले बताए । तर, व्यक्तिमाथि प्रश्न उठाइएपछि त्यसको छानबिन गरिनुपर्ने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १४:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement