site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग
Dabur Nepal
NIC Asia

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–९, सल्लेका अग्निपीडित परिवारलाई सहयोगस्वरुप रु एक लाख ७६ हजार प्रदान गरिएको छ । यही वैशाख १४ गते जंगलमा लागेको डढेलो गाउँमा फैलँदा घर जलेर विस्थापित भएका सात परिवारलाई जिल्लाका १५२ शिक्षकसहित १६७ जनाबाट चन्दा संकलन गरेर उक्त रकम प्रदान गरिएको हो । 

पीडितलाई क्षतिको मूल्यांकन गरेर १२ देखि ४५ हजार रुपैयाँसम्म प्रदान गरिएको सहयोग संकलन अभियानका संयोजक एवं कालिका आधारभूत विद्यालय नवलपुरका शिक्षक दिलीप वाम्बुलेले जानकारी दिए । 

आगलागीमा घर तथा घरमा भएका सम्पूर्ण सामग्री गुमाएकालाई ४५ हजार रुपैयाँ उपलब्ध गराइएको छ । संकलित रकम सल्लेका वडाध्यक्ष काशीराज राईको उपस्थितिमा प्रदान गरिएको हो । आगलागीबाट एक करोड ३३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको स्थानीय प्रशासनले जनाएको छ । जिल्लामा गत साउनदेखि हालसम्म ९९ घर जलेका प्रहरीले बताएको छ । रासस 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ०८:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro