site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालमा ६० प्रतिशत एकल परिवार, सबैभन्दा बढी वाग्मतीमा

काठमाडौं । नेपालमा ६०.१ प्रतिशत एकल र ३९.९ प्रतिशत संयुक्त परिवार रहेको तथ्यांकले देखाएको छ । वाग्मतीमा एकल र मधेसमा संयुक्त परिवार बढी छन् । 

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार वाग्मतीमा कुल परिवारको ६४.९ प्रतिशत एकल परिवार रहेको छ । यहाँ ३५.१ प्रतिशत संयुक्त परिवार छ । मधेसमा कुल परिवारको ४५.४ प्रतिशत संयुक्त परिवार रहेको छ । यहाँ ५४.६ प्रतिशत एकल परिवार छ ।

nepal-home-data-1714904559.JPG
 

दोस्रोमा गण्डकी प्रदेशमा ६३.२ प्रतिशत एकल र ३६.८ संयुक्त परिवार छ । कर्णाली प्रदेशमा ६१.२ प्रतिशत एकल र ३८.८ प्रतिशत संयुक्त परिवार छ ।

कोसी प्रदेशमा ६१.० प्रतिशत एकल र ३९.० प्रतिशत संयुक्त परिवार छ । लुम्बिनीमा ५८.५ प्रतिशत एकल र ४१.६ प्रतिशत संयुक्त परिवार छ । कार्यालयले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार सुदूरपश्चिममा ५५.१ प्रतिशत एकल र ४४.९ प्रतिशत संयुक्त परिवार रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १६:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro