-1714886016.jpg)
काठमाडौं । सिप्रदी कम्पनीजको सामाजिक उत्तरदायी संस्था सिप्रदीयन सहायता संस्थाले पर्वतमा विद्यालय भवन निमार्णमा आर्थिक सहयोग गरेको छ ।
जिल्लाको तुलोदय माध्यमिक विद्यालयलाई विद्यालय भवन मर्मतका लागि संस्थाले पाँच लाख बराबरको आर्थिक सहयोग प्रदान गरिएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा सिप्रदीयन सहायता संस्थाकी कार्यसमिति सदस्य शारदा राणा र संस्थाका आजीवन सदस्य सावन्तजंग सिजापति उपस्थित थिए ।
यस्तै संस्थाका प्रतिनिधि रजत श्रेष्ठ र बिमल गौतमको उपस्थितिमा विद्यालयका व्यवस्थापन समिति अध्यक्ष विशाल महतलाई रकम हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।
सन् २०१२ देखि कार्यशील सिप्रदीयन सहायता संस्था एक लाभ निरपेक्ष, गैरसरकारी तथा गैरराजनैतिक सामाजिक संस्था हो ।