site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
लोकतन्त्रमा विधि नै अराजकता र अन्याय निवारणको उपचार हो : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक शासन प्रणालीमा विधि नै सबै किसिमको अराजकता र अन्यायको निवारणको उपाय र उपचार भएको बताएका छन् । 

काठमाडौंमा शुक्रवारबाट सुरु भएको १६ औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले विधिसम्मत न्याय प्रणालीबाट नै देशमा सुशासन र अमन चयन कायम हुने कुरालाई बिर्सिन नहुने बताए । उनले सच्चा न्यायका लागि स्वतन्त्रताको आवश्यक हुने र सुरक्षाको ख्याल नेपाल बारले पनि राख्नुपर्ने बताए । 

Dabur Nepal
NIC Asia

उनले लोकतान्त्रिक प्रणालीभित्र नै न्यायपालिका सक्षम हुने पनि बताए । राष्ट्रपति पौडेलले बार र बेन्च बीचमा बेला बेलामा छलफल र अन्तरक्रिया हुने गरे सही प्रतिफल प्राप्त हुने विश्वास व्यक्त गरे । उनले न्याय आफैँ हुने वा प्रकट भइहाल्ने कुनै चिज वा वस्तु नभई यो गरिने विषय भएको पनि बताए । 

“न्याय भनेर मात्र पनि पुग्दैन । यो देखिनु, सुनिनु, बुझिनु र महसुस गरिनुपर्छ । संवैधानिक व्यवस्थाले विधिको शासन, लोकतन्त्र, मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, शक्ति पृथकीकरण, स्वतन्त्र, निष्पक्ष, सक्षम न्यायपालिका, कानुनी राज्य तथा मौलिक अधिकारप्रति सचेत हुन निर्देश गर्दछ । यसको सच्चा पहरेदार नेपाल बार एसोसिएसनसँग आवद्ध विद्वान कानुन व्यवसायी हुन् भन्ने विश्वास छ । न्यायपालिकाप्रतिको जनआस्था र विश्वास नै यसको जीवन हो । विभिन्न अभाव र समस्याले बोझिल न्यायपालिकालाई आधुनिक र प्रविधिमैत्री बनाई चुस्त बनाउन जरूरी छ,” राष्ट्रपति पौडेलले भने । 

उनले न्याय दिने, दिलाउने पुनित कार्य न्यायका सिद्धान्त र परिभाषामा खोज्नुभन्दा कर्ताको कर्ममै प्रतिविम्बित हुनुपर्ने बताए । उनले न्यायपालिकालाई आधुनिक र प्रविधिमैत्री बनाई चुस्त बनाउन जरुरी रहेको पनि बताए । 

“न्याय दिने, दिलाउने पुनित कार्य न्यायका सिद्धान्त र परिभाषामा खोज्नुभन्दा कर्ताको कर्ममै प्रतिविम्बित हुनुपर्छ । न्याय आफैँ हुने वा प्रकट भइहाल्ने कुनै चिज वा वस्तु नभइ यो गरिने विषय हो । यसको स्वच्छतामा न्यायाधीश र कानून व्यवसायको आफ्नै भूमिका रहने हुँदा बार र बेन्च बीचमा बेला बेलामा छलफल र अन्तरक्रिया हुने गरे सही प्रतिफल प्राप्त हुनेछ । न्यायपूर्ण जीवनशैली बोकेका वा अध्ययन अनुसन्धानमा तल्लिन कानुन व्यवसायी न्यायपालिकाको सहयोगी मात्रै होइन, त्यसको सारथी पनि हुन सक्दछ । त्यसका लागिसमर्पण र त्याग न्यायका लािग हुनुपर्छ । लोकतान्त्रिक प्रणालीभित्र नै न्यायपालिका सक्षम हुने हो । सक्षमताका निमित्त ऊ आफैँ निष्पक्ष, तटस्थ हुनुपर्छ र न्याय सम्पादनमा समरुपता हुनुपर्छ । सच्चा न्यायका लागि उसलाई स्वतन्त्रता पनि चाहिएको हुन्छ, त्यसको सुरक्षाको ख्याल नेपाल बारले पनि राख्नुपर्छ । लोकतान्त्रिक शासन प्रणालीमा विधि नै सबै किसिमको अराजकता, अन्यायको निवारणको उपाय र उपचार हो । विधि सम्मत न्याय प्रणालीबाट नै देशमा सुशासन र अमन चयन कायम हुने हो भन्ने कुरा बिर्सिन हुँदैन । विधिको पूर्ण पालनाबाट न्यायपूर्ण स्थिति बसाल्न कानुन व्यवसायीहरूको अग्रणी भूमिका हुन्छ,” राष्ट्रपति पौडेलले भने । 

उनले विधिको पूर्ण पालनाबाट न्यायपूर्ण स्थिति बसाल्न कानून व्यवसायीहरूको अग्रणी भूमिका हुने बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १३:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro