काठमाडौं । वेस्ट इन्डिज ‘ए’सँगको तेस्रो खेलमा आज नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका निम्ति भएको टस जितेर रोस्टन चेजले ब्याटिङको निर्णय गर्दै नेपाललाई फिल्डिङको निम्तो दिएका हुन् ।
आजको खेलमा मुख्य प्रशिक्षक मोन्टी देसाईले कप्तान रोहितकुमार पौडेललाई राखेका छैनन् । दीपेन्द्रसिंह ऐरीले नेपाली टिमको कप्तानी सम्हाल्दा यसअघि मौका पाएका लोकेश बम र अनिल साह पनि प्लेइङ्ग–११ मा छन् । नेपाली टिमका आज विकेटकिपर ब्याटर विनोद भण्डारीले पनि मौका पाएका छन् ।
पाँच खेलको ट्वान्टी–२० शृंखलाका लागि नेपाल भ्रमणमा आएको वेस्ट इन्डिज ‘ए’ ले यसअघिको दोस्रो खेलमा घरेलु टिमलाई १० रनले हराएको थियो । पहिलो खेलमा भने नेपालले चार विकेटको जित निकालेको थियो ।