site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेवाग्राहीसँग १५ हजार घुस लिने वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२, का वडाध्यक्ष उजेर अलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

उनले सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिएको पुष्टि भएको जनाउँदै अख्तियारले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

वडाध्यक्ष अलीले घरबाटो सिफारिस दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना प्राप्त भएपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

बुटवलस्थित अख्तियारको टोलीले केही दिनअघि उनलाई सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

थप अनुसन्धानको सिलसिलामा वडाध्यक्ष अलीले घरबाटो सिफारिस दिने प्रयोजनार्थ सेवाग्राहीसँग १५ हजार रुपैयाँ माग गरी लिएको पुष्टि भएको अख्तियारद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

सोमबार दायर गरिएको मुद्दामा अलीसँग १५ हजार रुपैयाँ बिगो दाबी गरिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १५:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro