site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चार वर्षमा कर्णालीमा आगलागीबाट ५५ जनाको मृत्यु
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

मान्म । कालीकोटमा चार वर्षमा आगलागीबाट १३ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार, २०७७/७८, ७८/७९, ७९/८० र चालु आवको चैत मसान्तसम्म कालीकोट जिल्लामा आगलागीबाट १३ जनाको मृत्यु भएको हो ।

कर्णाली प्रदेशका १० जिल्लामध्ये कालीकोट आगलागीमा परी सबैभन्दा बढी मानवीय क्षति हुने जिल्लामा परेको छ । कर्णाली प्रदेशका १० जिल्लामध्ये आगलागीबाट कालीकोटमा १३ जना, डोल्पामा आठ जना, सल्यानमा सात, सुर्खेत र जुम्लामा ६/६ जना, दैलेखमा पाँच, मुगुमा चार, जाजरकोट, रुकुमपश्चिम र हुम्लामा दुई/दुई जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांक रहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कालीकोटमा २०७७/७८, ०७८/०७९, ०७९/८०, र चालु आवको चैत मसान्तसम्म करिब ४५ ठाउँमा आगलागी भएको छ । आगलागीबाट ३१ वटा घर जलेर पूर्णरुपमा क्षति हुनका साथै १३ जनाको मृत्यु भएको प्रहरीको तथ्यांक रहेको छ । जिल्लामा हालसम्म आगलागीबाट ७७ वटा पशुचौपाया मरेका छन् भने दर्जनौँको संख्यामा घाइते छन् । 

आगोले जंगलमा रहेका बोटबिरुवा जल्नुका साथै मृग, पशुपक्षी मर्ने गरेको, आगलागीबाट धनजनको क्षति हुँदासम्म नागरिक अझै सचेत नभएको र सरकारले आगलागी गर्नेलाई कानुनी दायरामा ल्याउन नसकेको अधिवक्ता अम्मल राजले बताए । “पहाडी जिल्लामा आगो तत्काल नियन्त्रण गर्न स्थानीय सरकारले कुनै पनि संयन्त्रको विकास गरेको छैन । स्थानीय सरकार गैरजिम्मेवार हुनुले आगलागी पीडितहरु मर्कामा परेका छन्,” उनले भने, “वनमा स्थानीयले जानीजानी आगो लगाउने गरेको पाइएको छ । बाक्लो घाँस पलाउने लोभले आगो लगाउँदा वन विनाश हुँदै गएको हो । कानुनी दायरामा नल्याउँदा आगलागीका घटना बढ्दै गएका छन् ।”

Global Ime bank

यस्तै, गत चैत २ गते बाख्रा चराउन जानुभएका कालीकोटको खाँडाचक्र–५ ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा परी ५० वर्षका नन्दराम चौलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्तीको मृत्यु भएको थियो । उनका ४५ वटा बाख्रा जलेर मरेका थिए । रासस
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १५:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय