site stats
बाह्रखरी :: Baahrakhari
देश
उपनिर्वाचनमा जातीयता र धार्मिक कारण सुरक्षा चुनौती हुनसक्छ : प्रहरी

काठमाडौं । नेपाल प्रहरीले उपनिर्वाचनमा जातीयता र धार्मिक कारण सुरक्षा चुनौती हुनसक्ने विश्लेषण गरेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य उपनिर्वाचनको सुरक्षा तयारीसम्बन्धी पत्रकार सम्मेलनमा बिहीबार प्रहरीले यस्तो विश्लेषण गरेको हो । 

 इलाम–२ र बझाङ १ को ‘क’ मा वैशाख १५ मा उपनिर्वाचन हुँदै छ । निर्वाचनलाई जातीय, धार्मिक, साम्प्रदायिक तथा क्षेत्रीकरण गर्ने कार्य भइरहेको भन्दै यसबाट निर्वाचन प्रभावित हुनसक्ने प्रहरीले अनुमान गरेको छ । सो कार्य हुन नदिन प्रहरीले विशेष सुरक्षा योजना बनाएको छ । 

Argakhachi Cement Island Ad

इलाममा पहिचान बादीका कारण केही सुरक्षा चुनौती हुन सक्ने केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी भीमप्रसाद ढकालले बताए । “शनिबार दुई क्षेत्रमा उपनिर्वाचन हुँदैछ । इलाममा पहिचानवादीका कारण केही सुरक्षा चुनौती हुनसक्छ, हामीले विशेष सुरक्षा योजना बनाएका छौँ ।” 

विगतका निर्वाचनका समयमा बुथ कब्जा गर्ने, पैदल तथा सडकमार्गमा अवरोध गर्ने, डर–धम्की दिने, अफवाह फैलाउने, आचारसंहिताको उल्लंघन गर्ने लगायतका क्रियाकलाप हुँदै आइरहेको छ ।

सो कार्य हुन नदिन प्रहरीले विगतमा जस्तै यस पटकको उपनिर्वाचनमा पनि मतदान केन्द्र तथा मतदानस्थल सुरक्षा टोली बनाएको छ । त्यस्तै, मोबाइल टोली, स्ट्राइकिङ टोली, कार्यालय सुरक्षा टोली, विशिष्ट व्यक्ति, उमेदवार र महत्वपूर्ण व्यक्तिहरूको सुरक्षा टोली बनाइएको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १४:०७
प्रतिक्रिया दिनुहोस्