site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नौ महिनामा देशभर तीन हजार ८२९ वटा विरोध र बन्दका कार्यक्रम
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो नौ महिनामा देशभर तीन हजार ८२९ वटा विरोध र बन्दका कार्यक्रम भएको पाइएको छ । 

नेपाल प्रहरीका अनुसार २०८० साउन १ गतेदेखि चैत मसान्तसम्मको अवधिमा ती विरोध तथा बन्दका कार्यक्रम नेपालमा भएका हुन् । बितेको नौ महिनामा दुई हजार १९१ वटा विरोध र्‍याली, ९७२ वटा धर्ना, ३२२ वटा तालाबन्दी, १२४ पटक बाटो अवरोध, ५१ पटक अनशन, ४६ वटा सवारी साधन तोडफोड, २६ वटा सवारी साधन आगजनी, २० वटा हड्ताल, १४ वटा चक्काजाम र ६३ वटा बन्दका कार्यक्रम भएका थिए । 

ती कार्यक्रममा हुन सक्ने हुलदंगा र भीड नियन्त्रण गर्न जम्मा एक लाख १३ हजार ३८३ प्रहरी जनशक्ति परिचालन गरिएको जानकारी प्रहरीले दिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहत ४५ हजार ४३३ जना, कोसीअन्तर्गत २२ हजार, मधेसअन्तर्गत १४ हजार ८६३ र वाग्मतीअन्तर्गत चार हजार २७६ जना जनशक्ति हुलदंगा तथा भीड नियन्त्रण गर्न परिचालन गरिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, गण्डकी प्रदेशअन्तर्गत दुई हजार ६४४ जना, लुम्बिनीअन्तर्गत ९ हजार ५४१ जना, कर्णालीअन्तर्गत दुई हजार ३४६ जना र सुदूरपश्चिम प्रदेशअन्तर्गत तीन हजार १९८ जना जनशक्ति हुलदंगा तथा भीड नियन्त्रण गर्न परिचालन गरिएको थियो । 

भीड नियन्त्रणको क्रममा उक्त अवधिमा तीनजना प्रदर्शनकारीको मृत्यु भएको थियो । सो क्रममा प्रदर्शनकारीतर्फ १८५ जना र सुरक्षाकर्मीतर्फ २९१ जना घाइते भएका थिए । स्थितिलाई सामान्य बनाउन एक हजार ३० जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

Global Ime bank

“भीड नियन्त्रणको क्रममा घाइते हुनु, क्षति हुनु दुःखद कुरा हो । त्यसलाई कम गर्न वा क्षति हुन नदिन नेपाल प्रहरीले भीड नियन्त्रणसम्बन्धी तालिमहरू नियमित रूपमा गराउने गर्दछ,” नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकाल भन्छन्, “व्यक्तिको मानव अधिकारको सम्मानका साथै स्थानीय र अन्तर्राष्ट्रिय कानुनको पालना गर्दै भीडलाई व्यवस्थित गर्ने गरिएको छ ।” 

चालु आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि चैत मसान्तसम्मको नौ महिनाको अवधिमा नेपाल प्रहरीले एक हजार २९ जनालाई भीड नियन्त्रणसम्बन्धी तालिम प्रदान गरेको उनले जानकारी दिए । 

असन्तुष्टि वा सरकारको विरोधलगायत विभिन्न कारणबाट बेलाबखत संगठित वा असंगठित रूपमा भीड वा हुलदंगा हुने गरेका छन् । भीड नियन्त्रणको क्रममा कमभन्दा कम क्षति होस् भनि विभिन्न रणनीति र उपकरणहरूको प्रयोग गर्दै आएको प्रहरीको दाबी छ । 

स्थानीय प्रशासन ऐन, २०२८ अनुसार प्रमुख जिल्ला अधिकारीको प्रत्यक्ष निर्देशनमा प्रहरीले लाठी चार्ज, अश्रुग्याँस, फोहरा र हवाई फायर समेत आवश्यकता र परिस्थितिअनुसार बल प्रयोग गरी शान्ति कायम गर्ने/गराउने व्यवस्था रहेको छ । “भीड नियन्त्रणको क्रममा सुरक्षाकर्मीहरूबाट भएका कमीकमजोरीको समीक्षा गर्ने गरिएको छ । जसबाट आगामी दिनमा त्यस्ता कमीकमजोरी नदोहरिने र भीड नियन्त्रण लगायतका काममा चुस्तता आउने गरेको छ,” प्रहरी नायव महानिरीक्षक ढकालले भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १३:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !